दिए पार्टी एकता संयोजनका बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

४ बैशाख २०७५, मंगलवार ०८:०४

वैैशाख ४, काठमाडौं ।

पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो ।

 

समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।