जीप दुर्घटनामा मेयरसहित ७ जना घाइते

४ बैशाख २०७५, मंगलवार ०७:०६

बैशाख ४, काठमाडौं ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार भे १ ज २४३ नम्बरको जीप दुर्घटना हुँदा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् ।

विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी-५ खाेलागाउँको एक विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा मेयर विशाल शर्मासहित वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत शर्मा घाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन ।

 

घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।