नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक ७ गतेदेखि

३ बैशाख २०७५, सोमबार १०:३३

वैशाख ३, काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गते बोलाएको छ ।

चुनावी समिक्षाका लागि चैत ९ देखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।

 

७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।