वैशाख २, काठमाडौं ।
नेपाली कांग्रेस गुल्मीले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको छ ।
जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने उद्देश्यले ५० दिने अभियान नयाँ वर्षको पहिलो दिनबाट सुरु गरिएको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
यस अभियानबाट जनतासँगको सम्बन्ध सुधार हुने र देशभरकै लागि प्रेरणादायी बन्ने कांग्रेसको विश्वास छ ।
गुल्मी घर भएका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, ‘गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिंगो कांग्रेसलाई भिटामिनको क्याप्सुलको जस्तै काम गर्नेछ ।’ उनले यस्तो अभियान देशैभर नै चलाउनु पर्ने बताए ।
