बलात्कार अभियोगमा सांसद पक्राउ

३० चैत्र २०७४, शुक्रबार ११:२३

चैत ३०, काठमाडौं ।

बलात्कार अभियोगमा भारतमा एकजना सांसद पक्राउ परेका छन् ।

भारतीय जनता पार्टीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गर बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।

 

उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ ।

 

सेन्गरलाई सीबीआईको टोलीले शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो ।

 

मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन् ।

 

युवतीका परिवारले मुद्दा दायर भएपछि कुलदीपका भाइले धम्क्याउने गरेको र प्रहरीले पनि यो मुद्दामा कुलदीपलाई नमुछ्न दबाब दिएको बताएका थिए ।