अल्जेरियामा सैन्य विमान दुर्घटना, २५७ को मृत्यु

२९ चैत्र २०७४, बिहीबार १०:५३

चैत २९, काठमाडौं । एजेन्सि

अल्जेरियाको बुफारिक विमानस्थलनजिक सेनाको विमान दुर्घटनामा परेको छ ।उक्त दुर्घटनामा चालकदलका १० जना सहित २ सय ५७ जनाको मृत्यु भएको छ ।

राजधानी अल्जियर्सबाट २० किलो मिटरको दूरीमा भएको दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भइसकेको छैन ।

 

यद्यपि अल्जेरियन आर्मी स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले दुर्घटनाग्रस्त विमानमा कोही पनि जीवित नरहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।