चैत २९, काठमाडौं ।
प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि आज पहिलोपटक बजेट ल्याउन लागेको छ ।
प्रदेश सरकारले ल्याउन लागेको बजेट कस्तो होला ? यसबारे प्रदेश सरकारका आर्थिक मार्मिला एवं योजना मन्त्री इन्द्र आङबो के भन्छन् ?
मन्त्री आङबोले प्रदेश सरकारको सयदिने कार्यक्रम, पहिलो मन्त्रिपरिषदले गरेको १४ जिल्लामा शहीद नमूना बस्ती निर्माणलगायतमा जोड दिइएको बताए ।
साथै व्यवसायीहरुलाई दोहोरो तेहोरो कर नलगाइने अनि गरिब र विपन्नको हितलाई ध्यान दिइने उनले बताए । बजेटमा प्राकृतिक प्रकोप नियन्त्रणलाई पनि जोड दिइएको उनले बताए ।
बजेटमा ५० प्रतिशत पुँजीगत खर्च समावेश गरिएको बताए पनि मन्त्री आङबोले बजेटको सिलिङबारे आज दिउँसो ३ बजे बजेट घोषणा हुनु अघि जानकारी दिन नमिल्ने बताए ।