मतदाता नामावली संकलन वैशाख २ देखि

२९ चैत्र २०७४, बिहीबार ०७:२०

चैत २९, काठमाडौं ।

आगामी वैशाख २ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ ।

निर्वाचन आयोगले आगामी बैशाख २ देखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

 

आयोगका अनुसार मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) पनि सकिनेछ ।