नेपालीले भारतलाई दिलाए स्वर्ण; नयाँ रेकर्ड कायम तर कसरी ?

२६ चैत्र २०७४, सोमबार १०:३५

चैत २६, काठमाडौं ।

निशानेबाज जीतु राईले अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ रेकर्डका साथ स्वर्णपदक जितेका छन् ।

जीतु नेपाल संखुवासभाका बासिन्दा हुन् । भारतीय गोर्खा सैनिकमा भर्ती भएका उनी शुटिङ मार्फत् थुप्रै पदकहरु भारतलाई दिलाएका छन् ।

 

जीतु राई आजभोलि ‘पिस्तोल किंग’को रुपमा परिचित छन् ।

भारतलाई पछिल्लो स्वर्णपदक दिलाउने क्रममा जीतुले २३५ दशमलव १ अंकका साथ पहिलो स्थान हासिल गरे ।

 

भारतकै ओम मिठरवालले २१४ दशमलव ३ अंकका साथ कास्य पदक जिते । यस स्पर्धाको रजत पदक अस्ट्रेलियाको केरी बेलले हात पारे ।

 

जुन हातले निशानाबाजीमा उनले ठूलाठूला पदक जितेका छन्, १२ वर्षअघि तिनै हातले उनी नेपालको एक सानो गाउँमा मकै र आलु खेति गर्दथे ।

 

घर नजिकैको गोठमा रहेका भैंसी र बाख्रासँग उनका दिन बित्दथे ।