माटोको ढिस्काले पुरिएर मृत्यु

२५ चैत्र २०७४, आईतवार ११:०६

चैत २५, काठमाडौं ।

लेटाङ नगरपालिका-९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आइतबार बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

 

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।