गोली हानेको आशंकामा २ जना पक्राउ : आचार्य श्रीनिवास प्रकरण

२५ चैत्र २०७४, आईतवार १०:३६

चैत २५, काठमाडौं ।

आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

 

प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।

 

एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताएका छन् । शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

 

उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

 

गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हाल उनले न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।