चैत २५, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली अाइतबार स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओली साँझ ७ बजे स्वदेश फर्कने छन् ।
ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए ।
भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका ओली भ्रमण सकाएर साँझ स्वदेश फर्कन लागेका हुन् ।
