सरकारको नीति तथा कार्यक्रम २५ गते : प्रदेश ५

२३ चैत्र २०७४, शुक्रबार ०८:४७

चैत २३, काठमाडौं ।

प्रदेश ५ सरकारको आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम चैत २५ गते संसदमा प्रस्तुत हुने भएको छ ।

प्रदेश मन्त्रिपरिषदको आज शुक्रबार बसेको वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताए ।

मन्त्रिपरषद वैठकले चालु आर्थिक वर्षको बांकी अवधिको वजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । अल्पकालीन वजेट १ अर्ब २ करोडको हुने प्रवक्ता चौधरीले जानकारी दिए ।

संसदमा पेश भएपछि नीति तथा कार्यक्रममाथि छलफल हुने र चैत २९ गते अगावै संसदबाट पारित हुने प्रवक्ता चौधरीले बताए ।