चैत २१, काठमाडौं ।
एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।

एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।
एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।
