चैत २१, काठमाडौं ।
साउदी सरकारले गत हप्ताबाट व्यक्तिगत र सामाजिक सुरक्षाका लागि साइबर क्राइमसम्बन्धी नयाँ कानुन लागू गरेको छ ।

उक्त कानुनको धारा ३ अनुसार श्रीमानको वा श्रीमतीको जासुसी गर्नेलाई एक वर्ष जेल वा एक करोड ३३ लाख डलर जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ ।
एक सूचना नेटवर्क वा कम्प्युटरको माध्यबाट अवैध तरिकाले डाटा लिने वा अवरोध गर्ने वा कुनै व्यक्तिलाई धम्की दिने वा कुनै काम गर्नलाई बाध्य पार्ने उद्देश्यले कम्प्युटरको पहुँचमा पुग्ने कार्यलाई गैरकानुनी मानिएको छ ।
