चैत २१, काठमाडौं ।
अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ ।
काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ ।
आफ्नो एकाधिकार तोडिएपछि ११ वटा समितिले बुधबार बस चलाएका छैनन् ।
काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि समितिहरु आन्दोलित भएका हुन् ।
