टाइगर श्राफको कपाल काट्न पाँच हप्ता लाग्यो

२० चैत्र २०७४, मंगलवार १०:४३

चैत २०, काठमाडौं ।

बलिउड अभिनेता टाइगर श्राफ आफ्नो लामो कपाललाई निकै माया गर्थे । तर, कथाले मागेपछि के लाग्छ ? बागी २ का लागि उनले कपाल ठुट्टै पारेर काट्नुपर्‍यो ।

फिल्मको भूमिका अनुसार टाइगरलाई नयाँ लुक्स दिन निकै मिहिनेत गरिएको थियो । उनको तयारीका लागि लामो समय लागेको थियो ।

बागी एउटा एक्सन फिल्म हओ । यसमा मुख्य चरित्रको लुक्स एकदम महत्वपूर्ण थियो । बागीका हेयर स्टाइलिस्ट अमित यशवंतले टाइगरको लुक्समा काम गरेका थिए ।

सूत्रका अुनसार टाइगरको कपाललाई सही डिजाइन र सेप दिनका लागि अमितलाई ५ हप्ताको समय लागेको थियो । त्यसपछि टाइगर अहिलेको रुपमा आएका हुन् ।

सुरुमा त टाइगरले कपाल काट्न मानेका थिएनन् । तर, निर्देशकले मनाएरै छाडे । उनको कपाल एकैचोटी छोटो नबनाएर पटकपटक गरी छोट्याइएको थियो । बागीमा टाइगरको लुक्सलाई दर्शकहरुले मन पराएका छन् ।