चैत २०, काठमाडौं ।
भारतीय कमेडियन कपिल शर्मा नयाँ टेलिभिजन शो ‘द फेमिली टाइम विद कपिल’ लिएर आइसकेका छन् । तर, उक्त शोको पहिलो एपिसोडले दर्शकलाई रिझाउन सकेन ।
अब दर्शकहरुलाई प्रतिक्षा छ उनका पूर्व सहकर्मी सुनील ग्रोबरकेा शोको । लामो समयदेखि उनको कमेडी शो आउने चर्चा चलिरहेको छ । यसैबीच, नयाँ खबर के छ भने उनको शोमा कपिल शर्माको पूर्वप्रेमिका पनि काम गर्दैछिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुनील ग्रोवरले कपिल शर्माको पूर्व प्रेमिका प्रिती सिमोनसँग मिलेर टिभी शो बनाएका हुन् । कपिल र पि्रतीबीच गत वर्ष ब्रेकअप भएको थियो ।
सुनीलले हालै एउटा टि्वट गर्दै भनेका थिए, ‘भगवानको कृपाले एउटा नयाँ शो हासिल भएको छ । नयाँ शोमा पि्रतीका अलावा उनकी बहिनी निती पनि देखिनेछिन् । साथै बिग बोशकी विजेता शिल्पा सिन्दे पनि सुनीलको टिममा छिन् ।
सुनीलको शोको कन्सेप्ट कस्तो हुन्छ भन्ने खुलासा भएको छैन । पछिल्लो समय शिल्पासँग सुनीलको कैयन तस्वीर इन्टरनेटमा फैलिएका थिए ।
सुनील ग्रोवरको नयाँ शोले कपिल शर्माको शोलाई टक्कर दिने विश्वास गरिएको छ । कपिलको शोलाई राम्रो रेस्पोन्स मिलिरहेको छैन ।
