“हाल मुलूकको अर्थतन्त्र निरासाजनक” : अर्थविदहरु

१९ चैत्र २०७४, सोमबार ११:३१

चैैत १९, काठमाडौं ।

राजधानीको संवाद क्लब नेपालमा आज अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र र मुलूकको अर्थतन्त्रमा देखिएको चुनौतिका विषयमा विभिन्न अर्थविदहरुले आआफ्नो विचार व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, डा.चन्द्रमणी अधिकारी र डा. डिल्लीराज खनालको उपस्थिति थियो ।

उक्त कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा उनीहरुले हाल मुलूकको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएका छन् । जारी श्वेतपत्र मुलूकको अर्थतन्त्रको दस्तावेज समेत भएको उल्लेख गरेका छन् ।