सुन तस्करीमा नयाँ-नयाँ तरिका, धुलो सुन मिसाएर बेल्ट

१९ चैत्र २०७४, सोमबार ०९:३४

चैत १९, काठमाडौं ।

सुन तस्करीको आशंकामा त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट जस्तो बनाई सुन तस्करी गरेको आशंकामा दुबईबाट नेपाल आएका व्यक्तिलाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख नरायण सापकोटाले जानकारी दिए ।

 

‘उसले सुन ल्याएको हुँ भनेको छ । तर, हाम्रो प्राविधिक परीक्षणले बेल्टमा कस्तो र कति सुन छ भन्ने पत्ता लगाउन सकेन, त्यसैले गुणस्तर तथा नापतौल विभागबाट प्राविधिक बोलाएका छौं,’ सापकोटाले भने,’डेढदेखि २ केजी परिमाणको बेल्ट छ । त्यसमा कति सुन मिसाइएको छ भन्न सकिन्न ।’

 

पछिल्लो समयमा सुन तस्करीमा नयाँ-नयाँ तरिका प्रयोग हुन थालेका छन् । त्यसैअनुसार अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट बनाइएको आशंका छ ।