प्रसारण लाइन अवरुद्ध : चिलिमेको विद्युत उत्पादन बन्द

६ आश्विन २०७४, शुक्रबार ०५:२८

असोज ६, काठमाडौं । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत गृहको २२ मेगावाट क्षमताको विद्युत उत्पादन बन्द भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको छ । विद्युत अवरुद्ध हुँदा स्थानीय कार्यालय, सामाजिक संघसंस्था, विद्युत उपकरण सञ्चालन र स्थानीय बासिन्दा समस्यामा परेका छन् । (रासस)