छानो र भित्ताबिनाकै होटल लोकप्रिय

१८ चैत्र २०७४, आईतवार ०६:४९

चैत १८, काठमाडौं । एजेन्सी

यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु ।

खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।

एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन ।

भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।

खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।

स्मरणरहोस् फ्रेंक र रिकलिनले यसअघि पनि यस्तै खालका होटल बनाएका थिए । एउटा होटल चाहिँ परमाणु बंकरभित्र थियो ।