चैत १६, काठमाडौं ।
कर्णाली प्रदेशको प्रदेशसभामा ५० प्रतिशत सांसदको उपस्थिति भए मात्र बैठक बस्ने भएको छ ।
शुक्रबार पारित भएको प्रदेश नियमावली मस्यौदामा बैठक बस्न ५० प्रतिशत संसदको उपस्थिति अनिवार्य गरिएको छ ।
समान्यतया कुल सांसदको एक चौथाइ अर्थात २५ प्रतिशत सदस्य उपस्थित भए बैठक सञ्चालन गर्न मिल्छ ।
तर, थोरै सांसदहरु भएको भन्दै ५० प्रतिशत सांसदहरुको उपस्थिति अनिवार्य गरिएको मस्यौदा समितिकी संयोजक सीता नेपालीले बताइन् ।
यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिले कर्णाली प्रदेशको लोगोका लागि आधारहरु तयार पारेको छ । लोगोमा प्रदेशको नक्सालाई हत्केलाले उठाएको, त्यसको ठीक माथिपट्टी राष्ट्रिय झण्डा र तल्लो भागमा कर्णाली प्रदेश सभा सदस्य उल्लेख हुनेछ ।
यस्तै प्रदेश संसदमा विद्यायिका तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी चार संसदीय समिति रहने व्यवस्था गरिएको छ ।
समिति रहने विधेयकमा उल्लेख गरिएको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिइन ।
