यात्रुको दुर्ब्यबहारपछि जाहज भारतमा आकस्मिक अवतरण, दुर्ब्यबहार गर्नेलाई पुलिसको जिम्मा

१६ चैत्र २०७४, शुक्रबार ११:०४

चैत १६, काठमाडौं ।

दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा एक यात्रुले क्रु मेम्बर र अन्य यात्रुलाई दुर्ब्यबहार गरेपछि इन्धिरागान्धी विमानस्थलमा ल्यान्ड गर्नुपरेको छ ।

१०ः३० मा काठमाडौ आइपुग्नुपर्ने जहाज अहिले ढिलो गरिमात्रै काठमाडौं आइपुगेको नेपाल बायुसेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

‘दुर्ब्यबहार गर्ने यात्रुलाई भारतको पुलिसको जिम्मा लगाएर निगमको जहाज अहिले काठमाडौं आइपुगेको छ, यात्रुको बारेमा भने हामीले थप जानकारी खोज्ने प्रयासमा छाैं’ उनले भने ।

निगमको जहाज आरए २३० भारतीय आकाशमा आइपुगेको बेलामा यात्रुले दुब्र्यबहार गर्न सुरु गरेका थिए ।