स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय

१५ चैत्र २०७४, बिहीबार ०८:११

चैत १५, काठमाडौं ।

सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।

अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।

यसमा श्रेाणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।

२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।

यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् ।

७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ ।बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।

मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३२६० बाट २६५४ मा झारिएको छ ।