पार्टी एकताको विकल्प छैन

१४ चैत्र २०७४, बुधबार ११:१३

 

 

 

 

श्रीधर खनाल

एमाले र माओबादी बीच हुने भनिएको पार्टी एकता अन्योलमा देखिएको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फिप्टी फिप्टी को आधारमा पार्टी एकता हुने भने पछि परिस्थिति अर्को मोड तिर जाने होकी भन्र्ने डर छ । एमाले पार्टी र यस पार्टीका शाीर्ष नेताहरु यस बिषयमा केहि पनि बोलेका छैनन । किन मौन छन भन्न सकिदैन ।

आजको आबश्यकता भनेको माओवादी केन्द्र र एमाले पार्टी बीचको एकता नै हो । चुनावको बेलामा त्यहि आधारमा जनताको भोट पाएका हुन । र अहिले दुवै पार्टी सरकारमा छन । सरकारमा गए पछि बिकास समृद्धि र सुशासनको मार्ग चित्र कोर्ने बेला हो यो । सरकार कता कता अलमल अलमल गरिरहेको देखिन्छ । जनताको आधारभूत आबश्यकतालाई पुरा गर्ने बाटोतर्फ सरकार लाग्नु पर्छ ।

यो सरकार बाम गठबन्धनको सरकार हो । यसले जनताको पक्षमा लोकप्रिय काम गरेर देखाउनु पर्छ । जनताले खोजेका पनि दुई पार्टीबीच एकता भएर मुलूकको बिकास र समृद्धि होस भन्र्ने हो । त्यसैले एमाले माओवादी बीचको पार्टी एकता सार्थक निष्कर्षमा पुगोस । एमाले माओवादी केन्द्र बीच पार्टी एकतामा ढिलाई भयो भने पछि समस्या आउने छ । अहिले पनि त्यहि भएको हो । दुई पार्टी बीच जे समझदारी भएको थियो त्यहि अनुसार पार्टी एकतामा ढिलाई गर्नु हुँदैन । जे कुरा पनि ढिला हुँदा बिग्रने हो ।

नेपाली जनताले ठूलो कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट पार्टीको बास्तबिक सरकार हेर्न चाहेका छन । चुनावको बेलामा वोलेका कुरा बाम सरकारले पूरा गर्नुपर्छ । जनताले ठूलो आश गरेर बसेका छन । त्यहि आशले भोट दिएर बहुमत दिएका हुन । सरकार बनेको पनि डेढ महिना भन्दा बढि भैसकेको छ । तर अझैसम्म सरकारले जनतालाई अनुभूत हुनेखालको काम गर्न सकेको छैन । सरकारले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ । दुई पार्टी मिलेर सरकार पनि बनेको छ । यो सरकारलाई मधेश केन्द्रित दलहरुको पनि समर्थन छ । यस्तो अवसरमा सरकारले राम्रो काम गर्नुपर्छ । सबैको मन जितेर अघि बढनुपर्छ ।

बिपक्षी दलहरुलाई पनि बिश्वासमा लिएर सरकार अघि बढनुपर्छ । अनि मात्र सरकार सफल हुन्छ । सबै भन्दा महत्वपूर्ण कुरा दुई पार्टी बीचको पार्टी एकता नै हो । दुई पार्टी नमिलिकन विकास र समृद्धिको यात्राले पार पाउँदैन । तलदेखि माथिसम्मकै नेताकार्यकर्ताको ब्यवस्थापनमा दुई पार्टीका शाीर्ष नेताहरुले ध्यान दिनुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरा यो हो । बिचार नीति शिद्धान्त मिलिसके पछि अरु कुरा गौण हुन । जुन सुकै पार्टी पनि बिचार र शिद्धान्तले चल्ने हुन । शिद्धान्त बिनाको पार्टी लगंडो हुन्छ । देश र जनतालाई स्पष्ट भिजन दिन सक्ने राजनीति पार्टीको खाँचो छ । दुई पार्टी मिलेर बिचार सहितको पार्टी बनाउनुपर्छ । प्रचन्डको पछिल्लो अभिव्यक्ति प्रति केहि तत्वहरु खुशी भएका छन । ति तत्वहरुको चाहाना लाई पूरा हुन नदिनको लागी पनि छिटो पार्टी एकता हुन जरुरी देखिएको छ ।

अब एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता बिना मुलूकले निकास पाउन सक्दैन । यो पार्टी एकता कुनै हालतमा पनि भंग हुनूू हुँदैन । किन भने जनताले धेरै लामो समयदेखि पार्टी एकताको प्रतिक्षा गरेर बसिरहेका छन । जनताको यो प्रतिक्षालाई धेरै दिन सम्म राख्नु हँुदैन । जनताले धैर्य गरेर बसेका छन । त्यसैले छिटटै पार्टी एकतामा लाग्न एमाले र माओवादी केन्द्रलाई जनताको आहावान छ ।

अव सबै खाले अन्योललाई चिरेर एकतामा जाने बाटो तय गर्नपर्छ । पाँच बर्ष सम्म सरकार चलाउने र बिकास समृद्धि मुलूकको गर्ने हो भने दुई पार्टीबीचको पार्टी एकताको बिकल्प छैन ।

प्रकाशित मिति : २०७४/१२/१४