दिइन् उपसभामुख तुम्बाहाम्फेले एमालेको सबै जिम्मेवारीबाट राजीनामा

१२ चैत्र २०७४, सोमबार ११:२२

चैत १२, काठमाडौं ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) को सदस्यलगायत पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् ।