महिनावारी भएकी महिलाको प्याडबाट राजधानीमा रक्सी

१२ चैत्र २०७४, सोमबार १०:५१

चैत १२, काठमाडौं ।

काठमाडौंका विभिन्न ठाउँमा उत्पादन हुने घरेलु रक्सी महिलालले महिनावारी हुँदा प्रयोग गरेको प्याडबाट उत्पादन हुने गरेको रहस्य पत्ता लागेको छ ।

महानगरीय प्रहरी प्रभाव गोंगबु (नयाँ बसपार्क)ले विगत २ महिनादेखि थालेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा महिनावारी भएकी महिलाले प्रयोग गरेको प्याडबाट रक्सी उत्पादन हुने गरेको तथ्य पत्ता लागेको हो ।

यति मात्रै हैन, रक्सी उत्पादन गर्न फाटेको जुत्ता, चप्पल, पुरानो मोजाको समेत प्रयोग हुने गरेको महानगरीय प्रहरी प्रभाव गोंगबुका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन् ।

यसैबीच, काठमाडौंमा घरेलु मदिरा बिक्री गर्ने ‘व्यवसायी’ले ब्राण्डेड रक्सीका बोत्तलमा घरेलु रक्सी भरेर बिक्री गर्ने गरेको पनि पाइएको छ ।

 

स्रोत ः लोकान्तर