चैत १२, काठमाडौं ।
झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आगलागी भएको छ । आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानबाट विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
गएराति साढे ११ बजेबाट सुरु भएको आगलागीले बिहान करिब ३ बजे मात्रै नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।
आगजनीबाट सभाकक्षका झ्याल, ढोका र फर्निचरका सामग्रीहरु नष्ट भएको बताइएको छ ।