चैत ११, काठमाडौं ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायालयलाई मर्यादित स्वच्छ, पारदर्शि र विश्वसनीय बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । शनिबार राजधानीमा संवाद क्लब नेपालले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै मन्त्री तामाङले न्यायालयमा राजनिती घुस्न नदिने भन्दै मन्त्रालयले कार्ययोजना अघि सारेको समेत बताए ।
प्रदेश सरकारलाई काम गर्न सहज हुने खालको कानुन निर्माण छिटै गर्न योजनामा सरकार लागेको मन्त्री तामाङले बताए । कानुनभन्दा माथि कोहि हुँदैन, जनता नै सर्वाच्च हुन्, न्यायालय स्वच्छ पारदर्शि र मर्यादित बनाउनु मेरो प्रतिबद्घता हुने छ । अब न्त्यायाधीशको सम्पत्ति विवरण र स्रोत खुलाउनु पर्ने कानुन बनाउन मन्त्रालय लागि परेको समेत जानकारी गराए ।
(हेर्नुस भिडियो)
देश बिकास, समृद्घि र सुशासन दिने सरकारको प्रमुख एजेन्डा भएको र त्यहि अनुसार सरकार अघि बढ्ने बताए । कानुनमन्त्री तामाङले अब युवाहरुलाई स्वदेशमै राजगार सृजना हुुने खालको वातावरण सृजना गर्न सरकार लागिपरेको भन्दै नेपाललाई समृद्घ बनाउने योजना सरकारको रहेको बताए । कानुनव्यवसायी अर्जुन अर्यालले न्यायालयल सुधारेर जान पर्नेमा जोड दिए ।
(हेर्नुस भिडियो)
न्यायालयलाई भ्रष्टचारमुक्त बनाउन पर्नेमा कानुन व्यवसायी अर्यालको जोड छ । कार्यक्रममा समाजसेवी तेजमान तामाङले मन्त्रीलाई बधाई तथा शुभकामना मन्तव्य राखे ।
(हेर्नुस भिडियो)
कार्यक्रम संवाद क्लव नेपालका अध्यक्ष राम प्रसाद गैरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
