सुरक्षा कारबाहीमा ६१ जना तालिवान लडाकू मारिए

५ आश्विन २०७४, बिहीबार १२:२८

असोज ५, काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ ।

 

मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू ५२ जना घाइते भएका छन् । गत चौबिस घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । “राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही र १४ प्रान्तमा दश वटा विषेश सुरक्षा कारबाही चलाएका थिए । ती कारबाहीहरूमा परी ६१ जना मारिएका छन्” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

मारिनेमध्ये आठ जना तालिवान कमाण्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट ९आईएस०का लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले ५२ जना लडाकू घाइते भएका र दुई जनालाई पक्राउ गरिएको पनि बुधबार बताएको छ । रासस÷एएफपी