निजामती कर्मचारी युनियनमा पोखरेल निर्वाचित, प्रतिस्पर्धी बुढाथोकी ३० मतले पछि

७ चैत्र २०७४, बुधबार ०८:०६

चैत ७, काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षमा गोपाल प्रसाद पोखरेल निर्वाचित भएका छन् ।

चितवनको रत्ननगरमा सम्पन्न सातौं महाधिवेशनबाट प्रतिस्पर्धी राजेन्द्र बुढाथोकीलाई ३० मतले पछि पार्दै पोखरेल विजयी बने । कुल खसेको ५४४ मतमा पोखरेलले २८४ मत प्राप्त गरे भने बुढाथोकीले २५४ मत पाए ।


बरिष्ठ उपाध्यक्षमा सुशील कुमार केसीलाई पराजित गर्दै सुरेन्द्र अधिकारी विजयी बने । अधिकारीले ३६२ मत ल्याएर बिजयी हुँदा केसीले १७० मत ल्याएका थिए ।

त्यस्तै, खुल्ला तर्फको उपाध्यक्षमा उत्तम कुमार कटवाल, प्रदेश उपाध्यक्षमा प्रदेश नम्बर १ बाट गुणराज खनाल, २ बाट राजकिशोर राउत, ३ नम्वर प्रदेशबाट एकनारायण शर्मा काफ्ले, प्रदेश नम्बर ४ बाट महेश कुमार सिग्देल, प्रदेश ५ बाट मदन गौतम, ६ बाट नृपजंग शाही र प्रदेश ७ बाट नारायणप्रसाद शर्मा बिजयी भए । महिला उपाध्यक्षमा शान्ता अर्याल विजयी भइन् ।