प्रदेशसभा २ को बैठक ६ दिन स्थगित

६ चैत्र २०७४, मंगलवार ०९:०३

चैत ६, काठमाडौं ।

कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको छ ।

मंगलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मंगलबार बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन् ।

संसदीय व्यवस्थामा संसदलाई विजनेस दिने काम सरकारको हो । बैठक चैत १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।