चैत ४, काठमाडौं ।
आईसिसी विश्वकप क्रिकेट छनोट खेल्न जिम्बाम्बे पुगेको नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्किने भएको छ ।
नेपाल एकदिवसीय मान्यता पाएको खुसी बोकेर सोमबार साँझ स्वदेश फर्किन लागेको हो ।
सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने छ । जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुँदै नेपाली टिम काठमाडौ आउन लागेको हो ।
नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतकालागि समर्थक आतुर छन् । यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने तयारीमा छन् ।
शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल आठौं स्थानमा रहँदै जिम्बाम्बे यात्रा टुंग्यायो ।
