चैत ४, काठमाडौं ।
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।
सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
जिल्लाको भेरीगंगा नगरपालिको छिन्चु नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा खड्काका अंगरक्षक प्रहरीका नायव निरीक्षक सामान्य घाइते भएका छन् ।
खड्का भने सकुसल छन् । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।