ऋचाको ‘सुपर गोर्खे’को ट्रेलर रिलिज (हेर्नुस् भिडियो)

२ चैत्र २०७४, शुक्रबार १२:०६

चैत २, काठमाडौं ।

नायिका ऋचा सिंह ठकुरीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सुपर गोर्खे’ वैशाख ७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर सार्वजनिकभएको छ ।

चलचित्रको ट्रेलरमा कमेडी संवाद र एक्सनलाई प्राथमिकता दिइएको छ । समाजका लागि काम गर्नका लागि आफ्नो परिचय दिइराख्नु पर्दैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।

(हेर्नुस् भिडियो)

अबिर हाउस प्रा.लिको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

किरण माइकलको कथा रहेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ ।