उपसभामुख निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल उम्मेदवार

२ चैत्र २०७४, शुक्रबार ०८:५७

चैत २, काठमाडौं ।

उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।

उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् ।

 

 

प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ ।

एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ ।

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।