चिनियाँ राष्ट्रपति सी जिनपिङद्वरा राष्ट्रपति भण्डारीलाई बधाई

१ चैत्र २०७४, बिहीबार १२:४१

चैत १, काठमाडौं ।

दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई चीनका राष्ट्रपतिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना सन्देश पठाएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले बिहीबार शीतल निवास पुगी राष्ट्रपति सी जिनपिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी हुन् ।


राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश दिएर शीलत निवास पुगेकी राजदूत होङ र राष्ट्रपति भण्डारीबीच दुई देशबीचको सुमधुर सम्बन्धलार्य आगामी दिनमा अझ प्रगाढ बनाउन आपसी हित प्रबर्धन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा नेपाल सरकारका उच्च अधिकारीहरु तथा चिनियाँ दूतावासका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।