पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालको ३ विकेट गुम्यो, पारस पनि आउट

१ चैत्र २०७४, बिहीबार १०:४९

चैत १, काठमाडौं ।

विश्वकप छनोटको प्ले अफमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७ ओभरभित्र ३ विकेट गुमाएको छ ।

११५ रनको विजय लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा ३५ रन बनाउँदा ३ विकेट गुमाएको हो ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १, अनिल साह ९ र पारस खड्का २० रन बनाएर आउट भए । अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र आरिफ सेख छन् ।

टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।