११५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातमै २ विकेट गुमायो

१ चैत्र २०७४, बिहीबार १०:३५

चैत १, काठमाडौं ।

विश्वकप क्रिकेटको प्लेअफमा पपुवा न्यु्गिनीले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले तेस्रो ओभरसम्ममा नै २ विकेट गुमाएको छ । नेपालले दोस्रो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल र तेस्रो ओभरमा अनिल साहलाई गुमाएको हो ।

दोस्रो ओभरको पाँचौ बलमा १ रन जोडेका मल्ल आउट भए भने साह ९ रन जोड्दै तेस्रो ओभरको पाँचौं बलमा आउट भए ।

अहिले क्रिजमा कप्तान पारस खड्का र दीपेन्द्रसिंह क्षेत्री छन् ।

टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।