पूर्व उपकुलपति शर्माको निधन

१ चैत्र २०७४, बिहीबार १०:०४

चैत १, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।


विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिए ।