स्थापनको ५० औं वर्ष पुगेको उपलक्ष्यमा चैत्रमा काभ्रे सहकारी महोत्सव हुँदै

३० फाल्गुन २०७४, बुधबार १०:२४

फागुन ३०, काठमाडौं ।

काभ्रेमा आगामी चैत्र २७ गतेबाट सहकारी महोत्सव हुने भएको छ । ‘सम्बृद्ध काभ्रेको पहिचान, घरघरमा सहकारीअभियान’ भन्ने नाराका साथ काभ्रेको बनेपामा चैत्र २७ गतेदेखि चैत्र २९ गतेसम्म सहकारी महोत्सव हुन लागेको हो ।

सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघले बुधबार बनेपामा पत्रकार सम्मेलन गर्दै स्थापनको ५० औं वर्ष पुगेको उपलक्ष्यमा महोत्सव गर्न लागिएको आयोजकले बताएको छ ।

महोत्सवमा सहकारी झांकी, बृहत र्‍याली प्रर्दशनी, काभ्रे सहकारी स्वर्ण महोत्सव पुस्तक बिमोचन, सहकारी भवन शिलान्यास, ‘दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी’,’स्थानीय तह र सहकारी क्षेत्र’,’सहकारी मार्फत उद्यमशिलताको विकास’,’सहकारीमा युवा सहभागिता’,’सहकारीमा सूचनाको हक, ‘, ‘सहकारीमा सम्पत्ति शुद्धिकरण’ र ‘सहकारी ऐन २०७४” लगायतका बिषयहरुमा विचार गोष्ठीहरु संचालन हुने जानकारी दिइएको छ ।

जिल्लामा हाल १४ सय ९५ वटा सहकारीहरु डिभिजन सहकारीमा आवद्ध रहेका छन् ।