नागरिकता सिफारिसमा घुस लिँदालिँदै वडा सचिव पक्राउ

४ आश्विन २०७४, बुधबार १४:३८

असोज ४, काठमाडौं । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा नागरिकताको सिफारिस गर्न घुस लिदै गर्दा वडा सचिव सहित २ जनालाई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो स्थानीय एक सर्वसाधारणबाट नागरिकताको सिफारिस लिन आउँदा घुस लिएको आरोपमा अख्यिारको टोलीले सो गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक बृजेश चाईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका वडा सचिव विश्वकर्मा सहित प्रा.स. चाईले स्थानीय सर्वसाधारणबाट ७ हजार रुपैया घुस लिएको बताईएको छ । पक्राउ परेका दुवै कर्मचारीलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलमा लिएर गएको छ ।