फगुन २९, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ ।
राष्ट्रपति चुन्न संघीय संसद परिसरमा मतदान भइरहेको छ र वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।
तर, नेमकिपाले भोट नहाल्ने भएको छ । सांसद प्रेम सुवालले चुनावी मैदानमा रहेका पार्टीहरुसँग छलफल र सहमति नभएकाले भोट नहाल्ने बताए ।
नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि मतदानमा भाग लिएनन् ।
