राष्ट्रपति निर्वाचन मतदान संसद भवनमा

२९ फाल्गुन २०७४, मंगलवार ०८:०५

फगुन २९, काठमाडौं ।

राष्ट्रपति चयनका लागि आज मतदान भएको छ । राष्ट्रपति चयनका लागि काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवनमा भएको मतदानमा संघीय संसद र प्रदेशसभाका सांसदहरु मतदाता छन् ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ३३१ जना र प्रदेशसभाका ५ सय ५९ जना सांसदले राष्ट्रपति चयनका लागि मतदान गरेका छन् ।

राष्ट्रपतिमा नेकपा एमाले, नेकपा माओवादीसहितको दलको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतले मतदान गरिसकेका छन् ।