फागुन २८, काठमाडौं ।
त्रिभुवन विमानस्थलमा दुर्घटना परेको यूएस बंगलाको विमानकाका घाइतेहरुलाई उपचारको लागि लगिएको छ ।
जसमध्ये धेरैको अवस्था गम्भीर रहेको र विमानबाट उद्धारगरि लगिएका मध्ये केहीको अस्पताल मै मृत्यु भएको छ ।
केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ ।
पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् ।
हालसम्म उक्त दुर्घट्नामा अहिलेसम्म ४० जनाको मृृत्यु भइसकेका जानकारी आएको छ ।
विमानबाट २३ जनाको शव निकालिएको छ ।
