चलचित्र ‘तिमी सँग’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)

२८ फाल्गुन २०७४, सोमबार ०९:३६

फागुन २८, काठमाडौं ।

चलचित्र ‘तिमी सँग’को निर्माणपक्ष बारम्बार प्रदर्शन मिति सार्न वाध्य भयो । अब, भने यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रको ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । सुनिल बी.के यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् ।

  • हेर्नुहोस् चलचित्रको ट्रेलर

https://youtu.be/t-s2Q7rO_UU

चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । सुशिल उप्रेतीको छायांकन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।

विदेशबाट नेपाल आएकी एक यूवती र उनीसँग भेट भएका २ यूवाको रोमान्चक प्रेमकथालाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट वुझ्न सकिन्छ ।