फागुन २८, काठमाडौं ।
विश्वकप छनोटमा हङकङले टस जितेको छ र नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपालले अफगानिस्तानविरुद्ध खेलेको टोलीलाई उतारेको छ ।
समूह चरणको यो खेल दुबै टोलीका लागि महत्वपूर्ण छ ।
नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ ।
तर, एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट जोगिन खेल जित्नै पर्ने दबाव छ ।
हङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।
