प्रदेश २ को संसद बैठक सूचना टाँसेर स्थगित

२७ फाल्गुन २०७४, आईतवार ०९:४५

फागुन २७, काठमाडौं ।

प्रदेश नम्बर २ को आज बस्ने भनेको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो ।

आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी छलफल गर्ने तयारी गरिएको थियो ।

तर, विधेयक दर्ता हुन नसकेकाले चैत ६ गते बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

आगामी बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयकलाई संसदमा प्रवेश गराउने तयारी भइरहेको छ ।