इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परे : ‘बोक्सी’ प्रकरण

२७ फाल्गुन २०७४, आईतवार ०८:०६

फागुन २७, काठमाडौं ।

‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो ।

उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताए ।

आफूलाई बाबा बताउने रामबहादुर चौधरीले झरफुकका नाममा २० वर्षीया राधा चौधरीलाई कुटपिट गरेका थिए ।

सुख्खड प्रहरीले चौधरीलाई पक्राउ गरेपनि स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेको थियो । तर, अहिले चौधरी फेरि पक्राउ परेका छन् ।